
बुधवार , भाद्र ९, २०७८
भैरहवा, ९ भदौ । रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ७० जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म रुपन्देहीमा तिस हजार दुई सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ हजार तिन सय ५१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय २५ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय ३ जना सक्रिय संक्रमीत रहेका छन् ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५, सैनामैना नगरपालिकामा १०, र तिलोत्तमा नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवदह नगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा १, कञ्चन र ओमसतीया गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij