२०८३, कार्तिक ४ गते

Oct 20 2026 | २०८३, कार्तिक ४ गते

विश्व पोलियो दिवसमा भैरहवामा ‘इन्ड पोलियो नाउ’ सचेतना र्‍याली

मंगलवार , कार्तिक ४, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, ३ कार्तिक । विश्व पोलियो दिवसको अवसरमा रुपन्देहीको भैरहवामा कार्तिक ७ गते शनिबार ‘इन्ड पोलियो नाउ’ जनचेतना र्‍याली आयोजना हुने भएको छ । पोलियो उन्मूलन अभियानलाई प्रभावकारी बनाउँदै नियमित खोपको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको हो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा हुने र्‍याली बिहान ७ः०५ बजे लुम्बिनी गेटबाट सुरु भइ देवकोटाचोकमा पुगेर समापन हुनेछ ।
    र्‍यालीमा भैरहवा क्षेत्रका रोटरी तथा रोटर्‍याक्ट क्लबका साथै विभिन्न सामाजिक संघ–संस्था, नागरिक समाज, युवा र सर्वसाधारणको सहभागीता रहने आयोजकले जनाएका छन् ।

    कार्यक्रमको सह–आयोजकमा रोटर्‍याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, सेन्ट्रल रोहिणी, सेन्ट्रल सियारी, भैरहवा, लुम्बिनी सिद्धार्थनगर, सिद्धार्थनगर, लुम्बिनी बुद्ध, भैरहवा चौतारी र सेन्ट्रल बौद्धल्यान्ड रहेका छन् । 

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले पोलियो उन्मूलन सम्पूर्ण मानवताको साझा जिम्मेवारी भएको बताउँदै अभियानमा सक्रिय सहभागीताका लागि सबैलाई आह्वान गर्नुभएको छ ।

    त्यस्तै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष विष्णु कुमारी थापाले नियमित खोप र जनचेतनामार्फत पोलियोमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजय कुमार गुप्ताले र्‍यालीले जनस्वास्थ्यप्रतिको सामाजिक जिम्मेवारी र सामूहिक प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

    WhatsApp Image 2026-10-20 at 8.33.56 AM (1).jpeg

    रोटरी इन्टरनेशनलले विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको पोलियो उन्मूलन अभियानलाई थप प्रभावकारी बनाउने, हरेक बालबालिकालाई पोलियोबाट सुरक्षित राख्ने र पोलियोविरुद्धको नियमित खोपको महत्वबारे समुदायमा सचेतना फैलाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।

    आयोजकले ‘पोलियोमुक्त विश्व हाम्रो साझा लक्ष्य, हरेक बालबालिकाको सुरक्षित भविष्य हाम्रो प्रतिबद्धता’ भन्ने सन्देशसहित अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।