२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री सहयोग 

बुधवार , भाद्र ९, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares

  • भैरहवा, ९ भदौ ।
    भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई करिब ८५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

    अमेरिकास्थित प्रोजेक्ट होप र एअरलिंक, फ्लेक्सपर्ट डट ओरजी, हेनरी साइन केयर, मेड शेयर लगायत संघ–संस्थाको सहयोगमा प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले संस्थाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराएको स्वास्थ सामाग्रीले प्रदेशका विभिन्न क्षेत्रमा रहेका संक्रमितहरुको उपचारमा ठुलो सहयोग पुग्ने धारणा राख्दै आगामी दिनमा पनि संस्था र मन्त्रालयबीच सहकार्य गरी अघि बढ्न आफू तयार रहेको बताइन् ।

    239383961_984662045651984_3041636696961956374_n.jpg240142458_2894476417548789_1852432257624198532_n.jpg240310576_3958610370911377_8005547653541838232_n.jpg240613736_144360241184856_446571353052536822_n.jpg