२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा पौडेल 

बुधवार , भाद्र ९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बुटवल, ९ भदौ ।
    लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय गरेको  नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा ब्लुस्काई एजुकेशन बुटवलका प्रमुख कार्यकारी अधिकृत टंक पाण्डेले जानकारी दिए ।

    संघको सह–संयोजकमा गोविन्द बस्नेत, सदस्यहरुमा चन्द्रमणि (सि.एम.) पन्थ, नारायण प्रसाद आचार्य, राजेश पाण्डे, बासु न्यौपाने, दिपक खरेल, हिमाल जिसी, राजेन्द्र श्रेष्ठ, यादव प्रसाद बस्याल, ओम प्रकाश श्रेष्ठ, अशोक गौतम, अन्जु ज्ञवाली, आशिष भण्डारी, बसन्त मान जोशी, ईश्वर भट्टराई र विज्ञान आचार्य रहेका छन् ।

    शैक्षिक परामर्श व्यवसायीहरुको एकता तथा शैक्षिक परामर्श संस्थाहरुलाई एकताबद्घ गराउने उद्देश्यले साथ लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेश गठन भएको फोर नेशन इन्टरनेशनलका प्रमुख चन्द्रमणि (सि.एम.) पन्थले जानकारी दिए ।

    239288418_382130339993690_743561948139496418_n.jpg