
२७८ किशोरीलाई मर्यादा किट्स
शुक्रवार , भाद्र २६, २०७७
भैरहवा, २६ भदौ ।
सिद्धार्थ सामुदायिक समाज भैरहवा र केएर नेपालको साझेदारीमा राष्ट्रिय बाल दिवसको अवसरमा टिपिङ पोइन्ट परियोजना अन्तर्गतका किशोरी समुहका २७८ जना किशोरीहरुलाई मार्यादा किट्स सामाग्री वितरण गरिएको छ ।
किशोरीहरुलाई सेनिटाइजर, सुट, सुरवाल, टावेल, दुपट्टा, चप्पल, झोला, साबुन, टर्चलाईट लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो ।
मायादेवी गाउँपालिकाको वडा नम्बर ३ मा ७२ जना किशोरी र मायादेवी १ मा २०, कम्हरियामा ४ मा १७, देवदह १ र २ मा ४७, ओमसतिया गाउँपालिका–५ मा २२, लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा १९, १३ मा १५, सियारी गाउँपालिका–६ मा २३, शुद्धोधन गाउँपालिका ७ मा २५ र तिलोत्तमा नगरपालिका–१३ मा १८ जना किशोरीहरुसहित २७८ जना किशोरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको संस्थाका अध्यक्ष समिता मल्लले बताइन् ।
यसैबीच एलडिएससी परियोजनाबाट भीम अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ । स्वास्थ्यकर्मीहरुलाई माक्स, स्यानिटाईजर, एप्रोन, बुट, बाल्टी, गाउन, आई गगल, टावेल, ह्याण्ड स्यानीटाइजर, ग्लोबस, ट्वाइलेट सफा गर्ने सामाग्रीहरु, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) किट्स लगायत सामाग्री वितरण गरिएको हो ।
त्यसै गरी सिद्धार्थनगर.नगरपालिकाको स्वास्थ्य शाखामा १५ सेट पीपीई सहयोग पनि गरिएको छ ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख यकराज बिश्वकर्माको प्रमुख आतिथ्यमा र सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेको आतिथ्यतामा भीम अस्पतालका आइसोलेसनमा कार्यरत डाक्टरहरु र सरसफाइकर्मीहरुको सामग्री भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता र नगरपालिकाका नगर उपप्रमुख उमा काफ्ले, स्वास्थ्य संयोजक उमा थापा, गिता न्यौपाने लगायतका स्वास्थ्य कर्मचारीहरुलाई हस्तान्तरण गरिएको अध्यक्ष मल्लले बताइन् । कार्यक्रममा कार्यक्रम संयोजक फुलमाया पासवानको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij