२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

एमाले स्थायी कमिटी बैठक मङ्गलबार

सोमवार , भाद्र ७, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ, ७ भदौ । नेकपा ९एमाले० को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । 

    विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो । 

    उनीहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिए । रासस