
बिहिवार , भाद्र ३, २०७८
भैरहवा, ३ भदौ ।
भैरहवामा नयाँ लायन्स क्लब गठन प्रस्तावित गरिएको छ । बिहीबार भैरहवामा सम्पन्न भेलाले शार्दुल मयूर कसौधनको नेतृत्वमा लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर गठन गर्ने प्रस्ताव गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा सुनिल सेञ्चुरी, द्वितीय उपाध्यक्षमा मनोज कुमार रिजाल, तृतीय उपाध्यक्षमा मिलन वि.क., सचिवमा संजोगराज तिवारी, कोषाध्यक्षमा अरुण बस्याल, सह–सचिवमा सुवास लुईटेल, सह–कोषाध्यक्षमा मोहित सेठिया, क्लब मेम्बरसिप चेयरपर्सनमा आशिष कर्माचार्य, सर्भिस चेयरपर्सनमा सुशनजंग थापा, मार्केटिङ चेयरपर्सनमा बलराम जैसवाल र एलसीआइएफ चेयरपर्सनमा विशाल जैसवाल रहेका छन् ।
त्यस्तै निर्देशकमा चन्द्रिका धवल, शिवम कुमार क्षेत्री, फणिन्द्र तिवारी, रोनक गुरुङ, उज्जवल जोशी, जनसम्पर्क अधिकारी (पीआरओ)मा प्रतिक पौडेल, टेल ट्वीष्टरमा गणेश न्यौपाने, टेमरमा अस्मित पोखरेल र आइटी चेयरपर्सनमा पुष्पन जि.सी. रहेको क्लबका प्रथम उपाध्यक्ष सुनिल सेञ्चुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij