२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

जनताले महसुस गर्ने सरकार आयो, अब बिकास हुन्छ : मुख्यमन्त्री केसी

बिहिवार , भाद्र ३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशवासीले जनताको सरकारको आएको महसुस गर्ने बताए । सरकारले जनताले महसुस गर्ने गरि सरकारले काम गर्ने मुख्यमन्त्री केसीले उल्लेख  गरे । 

    प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले मिडिया क्षेत्रमा समेत ठुला र साना मिडिया हाउसको विचमा विभेद कायम रहेको बताउँदै केसीले लुम्बिनी प्रदेश सरकार पुर्ण रुपमा मिडियामैत्री हुने बताए ।

    पत्रकारहरुले उठाएका मिडिया विधेयक लगायतका विषयमा बोल्दै उनले प्रदेश सरकारले राज्यको चौथों अंगलाई कुनैपनि रुपमा बन्देज नलगाउने उल्लेख गरे ।

    त्यसैगरी उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक तथा योजनामन्त्री कृष्णध्वज खड्काले सरकार मिडियासंग हातेमालो गरेर अगाडि बढ्ने बताए । विगतको सरकारले जस्तो जनविरोधी कार्य गरेको भएपनी आफुले नगर्ने उल्लेख  गरे ।  मन्त्री खड्काले पत्रकारले दिएका सुझाबले आफुलाई थप जनपक्षीय हुन मद्दत गरेको जिकिर गरे ।

    कार्यक्रममा वरिष्ठ पत्रकार विनोद पहाडी, डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि, प्रगतिशील पत्रकार श्याम पोखरेल, प्रेस मन्च नेपालका केन्द्रिय सचीव टोपराज शर्मा लगायतले आफ्नो धारणा राख्दै सरकारलाई प्रेस मैत्री हुन सुझाव दिएका थिए ।