२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

बिहिवार , भाद्र ३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उनको परिवारिक स्रोतले जनाएको छ ।

    घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । 

    उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ ।  “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने । रासस