
बिहिवार , भाद्र ३, २०७८
नवलपरासी ,२ भदौ ।
लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाको समन्वय तथा जय जय किशोरी संवाद केन्द्रको आयोजनामा पाल्हिनन्दन (३ कुश्मामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
संवाद केन्द्रको एनिमेटर निरमा हरिजनको अध्यक्षता तथा संवाद सहयोग समितिका सदस्य माया देवि हरिजनको प्रमुख अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिजनले हामी एउटा ग्रामीण क्षेत्रको ब्यक्तिकरण बुझि समुदायमा बढ्दै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीको दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न आवश्यक रहेको बताए । उनले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीबितरणमा रोक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गरायनु पर्नेमा जोड दिएका थिए । बिशेष गरि हामी सम्पूर्णले आफ्नो छोरा छोरिलाई आफै सचेत गराउनुपर्ने र आफु पनि लागू पदार्थ सेवन नगर्ने बताएका थिए ।
सो कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्नु परियार , पत्रकार सुरेश यादव , पत्रकार महेश यादव ,समाजसेवी विशाल हरिजन लगाएले लागु पदार्थ दुर्व्यसन विरुद्ध आ(आफनाफ्नो भनाईहरु राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij