बिहिवार , भाद्र ३, २०७८
बुटवल, ३ भदौ ।
टीभीएसको नयाँ मोटरसाइकल अपाचे आर टी आर १६० टु भी बुटवलमा लन्च भएको छ । टीभीएसका लागि बुटवलको आधिकारिक विक्रेता रहेको बालाजी अटोमोबाइल्सले बिहीवार उक्त मोटरसाइकलको विक्री शुभारम्भ गरेको हो । न्यू रेस इन्स्पायर्ड ग्राफिक्स र फराकिलो टायर भएको नयाँ मोटरसाइकल गुडाउदा अझ बढी सुरक्षित हुने विश्वास विक्रेताको छ । उक्त बाइकको आर टी आर ओभरीक्वायर इञ्जिनले ८ हजार आरपीएम मा १४ दशमलब ४ पी एसको पावर प्रदान गर्दछ ।
त्यस्तै, यसमा बेस्ट इन क्लास एम आइ जी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, गल्स रेड र ग्रे गरी ५ वटा भेरियन्ट कलरमा उपलब्ध रहेको बालाजी अटोमोबाइल्सका इञ्चार्ज सुन्दर अर्यालले बताए । मोटरसाइकलको मूल्य २ लाख ६९ हजार ९ सय रहेको उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
