२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

बिहिवार , भाद्र ३, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ३ भदौ। राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ।

    कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए।उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए। वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए।

    उनका श्रीमती, तीन छोरा र एक छोरी छन। राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए। रासस
    –––