बुधवार , भाद्र २, २०७८
भैरहवा, २ भदौ ।
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा बुधबार भैरहवामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । जेसीआई सप्ताह २०२१ मा छैठौ कार्यक्रम अन्तर्गत कविता प्रतियोगिताको आयोजना गरिएको जेसीआई सप्ताह निर्देशक दिपक काफ्लेले बताए । काशी नोबल एकेडेमीमा भएको प्रतियोगितामा अनमोल धिताल प्रथम, तेज प्रसाद पन्थ द्वितीय, सुरु ज्ञवाली तृतीय र सृजना ज्ञवाली सान्त्वना भएको कार्यक्रम संयोजक अर्जुन कुवंरले जानकारी दिए । २६ जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगितामा निर्णायकको भूमिकामा वनमाली निराकार, रुद्र ज्ञवाली र विजय गोविन्द श्रेष्ठ रहेका थिए ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, संस्थाका पूर्व अध्यक्ष विजय शर्माको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष मंगल भण्डारी, काशी नोबल एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसी, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिर्जनशिल साहित्यिक समाजका अध्यक्ष शशि पन्थी, ऋषिराम पाण्डेयको आस्था पाठ तथा दिपक सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताका विजेताहरुलाई जेसीज सप्ताहको समापन कार्यक्रममा नगदसहित प्रमाणपत्र प्रदान गरिने जेसीआई सिद्धार्थ, नेपालले जनाएको छ ।
साउन २९ गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत शैक्षिक सामग्री वितरण, उत्प्रेरणात्मक तालिम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij