२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

रुपन्देहीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , भाद्र १, २०७८

भैरहवा, १ भदौ ।  रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ९३ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २९ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २९ हजार ५० जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय १३ जना सक्रिय संक्रमीत रहेका छन् ।

कुन पालिकामा कति संक्रमित  थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २३ र तिलोत्तमा नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

यस्तै सैनामैना नगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा ३, सियारी गाउँपालिकामा २, देवदह नगरपालिकामा, ओमसतीया गाउँपालिकामा, कञ्चन गाउँपालिका र शुद्धोधन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।