images

शनिवार, बैशाख २२ गते २०८१

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

images
images
images
मंगलवार, भाद्र १ २०७८
मंगलवार, भाद्र १ २०७८
  • संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

    हुमाकान्त पोखरेल
    तम्घास, १ भदौ ।
    गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जंगली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५÷६ वर्षपहिलेसम्म साढे पाँचदेखि ६ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहारिन । 

    images
    images
    images

    कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । “राम्रै फले त छ मुरीसम्म हुन्थे तर अहिले एक मुरी पनि पुग्न मुस्किल छ,” उनले भनिन्, “मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।” उनको घरमा उहाँसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उनले गुनासो गरिन् । गत वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । बाँदर आतंकले गर्दा एक महिनाअगाडि गत साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उनले गुनासो गरिन् । 

    वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहो¥याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उनले गुनासो गरे । 

    “एक पटकमा ९० देखि सयसम्म बाँदरको हूल आउँछ”, उनले भने, “बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो ।”  बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको उनले बताए । “बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ,” उनले भन्नुभयो, “बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो ।” 

    उनले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गरे । बाँदरले वस्तुका झण्डै दुई तिहाइ कृषक हैरानी खेपेका छन् । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरुलगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ । बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३  बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए । उनले गाउँकार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गरे । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिए ।यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि ठोस कार्यक्रम नराखेको उनको भनाइ छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij