२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

अवैध सालको काठ बरामद

मंगलवार , भाद्र १, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १ भदौ ।

    प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ बरपिपलस्थित सन्डुवा भित्री सडकखण्डमा नम्बर नखुलेको अनटेष्ट रातो रंगको अटोरिक्सामा रहेको चिरान काठ बरामद गरेको हो ।

    अटो रिक्सामा रहेको ९ थानको आयतन १२ दशमलव २५ क्यूफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । अटोरिक्सासहित ३ लाख २४ सय ५ सय मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीका लागि कञ्चन सव डिभिजन वन कार्यालय फायरलाइन रुपन्देहीमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।