२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

जेसीआई सिद्धार्थको आयोजनामा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम  

सोमवार , श्रावण ३२, २०७८

भैरहवा, १ भदौ  । जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा सोमबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

जेसीआई सप्ताह–२०२१ अन्तर्गत सोमबार चित्रकला तथा खिर खुवाउने कार्यक्रम गरिएको जेसीआई सप्ताह निर्देशक दिपक काफ्लेले बताए ।

जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका प्रमुख शान्ति सुवेदीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक राजु शर्माको स्वागत, कृतेश श्रेष्ठको आस्था पाठ तथा ओजश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जेसीआई सप्ताह–२०२१ अन्तर्गत शैक्षिक सामग्री वितरण, उत्प्रेरणात्मक कार्यक्रम, मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।

239214225_362341635455482_7652453431327563524_n.jpg