
सोमवार , श्रावण ३२, २०७८
भैरहवा, ३२ साउन । रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ५० जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म रुपन्देहीमा २९ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २९ हजार १३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल तिन सय ९८ जना सक्रिय संक्रमीत रहेका छन् ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २१ र सैनामैना नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवदह नगरपालिकामा ४, तिलोत्तमा नगरपालिकामा २, सिद्धार्थनगर नगरपालिकामा १, ओमसतीया गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij