२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

कुलमानको नियुक्ती  ‘बदर गरिपाउँ’ भन्दै  सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य  

सोमवार , श्रावण ३२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ, ३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । 

    विद्युत प्राधिकरणको पदाधिकारीबाट आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधानसम्मत आफ्नो अधिकार हनन भएको दावी गर्दै शाक्यले रिट दायर गराएका हुन् । 

    शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । 

    यसअघी सरकारले दिद्ययुत प्राधीकरणको कार्यकारी निर्देशक पदमा रहेका शाक्यलाई  सचिव सरहको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गर्दै  कुलमानलाई प्राधीकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।