२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

रुपन्देहीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , श्रावण ३१, २०७८

भैरहवा, ३१ साउन । रुपन्देहमिा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ७४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २९ हजार ८ सय ८९  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८ हजार ९ सय ६६ जना  संक्रमण मुक्त भएका छन्  । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ  । त्यस्तै जिल्लामा हाल चार सय ५ जना सक्रिय संक्रमीत रहेका छन् ।

कुन पालिकामा कति संक्रमित  थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा ७,  बुटवल उपमहानगरपालिकामा ५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

यस्तै सिद्धार्थनगर नगरपालिकामा २, देवदह नगरपालिकामा २, कञ्चन गाउँपालिकामा १ र सैनामैना नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।