२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आव्हान  

आइतवार , श्रावण ३१, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, ३० साउन । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आगामी भाद्र १ गतेका लागि आव्हान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको नवौं अधिबेशन आगामी भाद्र १ गते मंगलबारका दिन दिउसो १ बजेका लागि आव्हान गरेका हुन् ।

    प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार नेपालको संबिधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको बैठक आव्हान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेशसभा नियमावली २०७४को नियम ३ को उपनियम १ बमोजिम नवौं अधिबेशनका लागि सम्पुर्ण प्रदेश सभा सदस्यहरुलाई उपस्थितीका लागि आव्हान गरिएको छ । 

    pradesh sabha adhibesan letters.jpg