
आइतवार , श्रावण ३१, २०७८
भैरहवा। सिद्धार्थनगर सिटी हस्पीटल भैरहवमा एनआइसीयु तथा पिआइसीयु सेवा शुचारु भएको छ। आम्दा अस्पताल बुटवलबाट सिटि हस्पीटल भैरहवा आएका बालरोग विशेषज्ञ डा.उदय सिहंबाट एनआइसीयु तथा पिआइसीयु सेवा सञ्चालनमा आएको हो।
एनआइसीयु तथा पिआइसीयु सेवा सुचारु भएसंगै यस क्षेत्रका नागरिकहरु उक्त सेवाको लागि चितवन तथा काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको अस्पतालले जनाएको छ। आफ्नै सुबिधासम्पन्न आधुनिक भवनबाट सेवा सुचारु गरेको हस्पीटलमा विरामीको सहजताकालागि अत्याधुनीक लिफ्ट, गुणस्तरिय ल्याव, अण्डर ग्राउण्ड पार्किङ सहितको व्यवस्था रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. जावेद खानले बताए।
सिटि हस्पीटलमा गुणस्तरिय सेवा प्रदानका लागि ग्राण्डी अस्पतालका अनुभवी डा. जावेद खान, डा. सन्दीप कुमार तथा ल्याप्रोस्कोपी सर्जन डा. आशिष मल्ल, छाला रोग विशेषज्ञ डा. चन्द्रमोहन शाह, जनरल फिजिसियन डा. सञ्जय कुमार शाहलगायतका डाक्टरहरु रहेको हस्पीटलका अध्यक्ष तथ मृगौला रोग विशेषज्ञ डा.सुबोध कुमार पाण्डेले जानकारी दिए।
हस्पीटलमा भेन्टीलेटर सहितको आइसीयु र भिआइपीका दुई वटा स्वीट क्याबीन सहितको इन्टरनेशनल युनीटको व्यवस्था रहेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए।
यस हस्पीटलमा हाडजोर्नी, मेरुदण्ड तथा पित्त थैलीको पत्थरी लेटेष्ट दुरवीनको माध्यमबाट उपचार गरिने निर्देशक अमित चतुर्वेदीले बताए। उनले सिटि हस्पीटलले यस क्षेत्रमै पहिलोपटक कपाल प्रत्यारोपण सेवा उपलब्ध गराएको जानकारी दिए।
त्यस्तै निसन्तान दम्पतीकालागि काठमाडौँको प्रतिष्ठित इनफर्टीलीटी सेन्टरको सहायाामा आइभीएफ सेवा सञ्चालमा ल्याउन लागेको साथै अस्पताललाई डिजिटलाइज्ड हस्पीटलको रुपमा संचालन गर्ने तयारी भइरहेको निर्देशक चुतुर्वेदिले जानकारी दिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij