आइतवार , श्रावण ३१, २०७८
भैरहवा, ३१ साउन ।
जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा शनिबार एकदिने उत्प्रेरणात्मक तालिम कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो कार्यक्रम ‘ग्रोथ योर लाइफ’ विषयक उक्त तालिममा नेपाली जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण दिनुभएको जेसीज सप्ताह निर्देशक दिपक काफ्लेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९९२ का अध्यक्ष शम्भु कुमार गुप्ताले यस्ता किसिमका उत्प्रेरणात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
जेसीआई सिद्धार्थ वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक ऋषिराम पाण्डेयको स्वागत, सुमेर विक्रम खांणको आस्था पाठ तथा पंकज उदासको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थका निवर्तमान अध्यक्ष मंगल भण्डारी, पूर्व अध्यक्षहरु, सल्लाहकार, मानार्थ सदस्य, कार्यसमितिका पदाधिकारी, साधारण सदस्य, पर्यवेक्षक सदस्य, जेसीआई सिद्धार्थ लेडी नेपालका पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
जेसीज सप्ताह–२०२१ अन्तर्गत पहिलो कार्यक्रम पक्लिहवा माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामग्री वितरण गरिएको संस्थाका महासचिव सागर पोखरेलले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij