२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

पहिरोमा पुरिएर अर्घाखाँचीमा एक पुरुषको मृत्यु

शनिवार , श्रावण ३०, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • अर्घाखाँची ३० साउन। अर्घाखाँचीमा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ।

    जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४३ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    स्थानीय मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा हिजो साँझ ५ बजेको समयमा घर माथिबाट पहिरो खसेर पुरेको र राति १० बजे ५ घण्टा पछि जेसिबी, स्थानीय, प्रहरीको सहायतामा मान बहादुरको शव पहिरोबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए।

    पहिरोमा पुरिएका सुनारको शव थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।