२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

राेल्पामा एम्बुलेन्स दुर्घटनामा परी एकको मृत्यु

शनिवार , श्रावण ३०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • राेल्पा २९ साउन। राेल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

    स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    माडी गाउँपालिकाका–२ मा राती ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो।

    दुर्घटनामा परी एक जना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ। रासस