२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

कामना सेवा विकास बैंकद्वारा मास्क वितरण

शनिवार , श्रावण ३०, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, ३० साउन ।
    कामना सेवा विकास बैंक लिमिटेड भैरहवा र कोटिहवा शाखाले मास्क वितरण गरेको छन् । बैंकले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई सेवा वृद्ध आश्रम र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा मास्क वितरण गरेको हो ।

    कोरोना भाइरस संक्रमणबाट बच्न मास्क उपयोगि भएकाले वृद्धाश्रममा रहेका वृद्धवृद्धा र युसीएमएस क्षेत्रमा सर्वसाधारण तथा विरामी कुरुवाहरुलाई मास्क वितरण गरिएको कामना सेवा विकास बैंक भैरहवा शाखा प्रबन्ध शैलेन्द्र कुमार चौधरीले बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए ।

    received_3054927224744665.jpeg