२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

शुक्रवार , श्रावण २९, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • सिमकोट, २९ साउन । काठको साघुँ तर्नेक्रममा  चिप्लिएर  नदीमा खस्दा  दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल छन् । 

     हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।  उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिइन् । हराइरहेकाहरुको खोजी  जारी रहेको उनले बताइन् । 

        
     जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।  हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । रासस