२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

बुटवलमा मास्क प्रबर्द्धन अभियान संचालन 

शुक्रवार , श्रावण २९, २०७८

बुटवल, २९ साउन । 
अन्तर्राष्ट्रिय सहयोगी संस्था युएसएआईडीद्वारा सञ्चालित कार्यक्रम सुआहाराले नेपाल सरकारले घोषणा गरेको साप्ताहिक मास्क अभियानलाई थप सहयोग पुर्याउने उद्देश्यले बुटवलमा ३० कर्मचारीको सक्रिय सहभागितामा मास्क प्रबर्द्धन अभियान संचालन गरिएको छ । ‘के तपाईंले सही तरिकाले मास्क लगाइरहनु भएको छ ?’ भन्ने लेखिएको ब्यानर र मास्क प्रवद्र्धन गर्ने सम्बन्धि विभिन्न संचार सामग्री समेत वितरण गरिएको छ । सडकमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण, मास्क लगाए पनि सहि तरिकाले नलगाएकालाई लगाउन सिकाउँदै, मास्क के हो ? मास्क किन लगाउने ? मास्क नलगाउँदा के हुन्छ ? भन्नेबारे जानकारी दिदै, सचेत र सुरक्षित रहन अनुरोध गर्दै बुटवलको गोलपार्कदेखि सुरू गरेर ट्राफिक चोक, अस्पताललाईन, अमरपथ हुँदै पुनः गोलपार्क फर्किएको छ ।

सो अभियानमा आज करीब २ हजार ५ सय थान मास्क वितरण गरिएको सुआहारा कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक भरत शर्माले बताए । उनले भने –‘म पनि मास्क लगाउँछु र अरुलाई पनि सहि तरिकाले मास्क लगाउन प्रेरित गर्छु, भन्ने चिन्तन सबैमा हुनुपर्छ ।’ सुआहारा कार्यक्रममार्फत मास्क अभियानलाई सहर देखि गाउँसम्म पुर्याउने लक्ष्य लिएको शर्माले बताए । सुआहारा कार्यक्रमले विगतदेखि नै कोरोनाविरुद्ध जोखिम न्यूनीकरण, स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका साथै नेपालका ४२ जिल्ला सञ्चालन गर्दै आएको छ ।

सुआहारा युएसएआईडीको एक कार्यक्रम हो । जुन विभिन्न बहु–क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय सरकारी एजेन्सीहरूको माध्यमबाट काम गर्दछ र कामकाजी र मातृत्व पोषण अवस्थाबारे काम गर्नुका साथै यस कार्यक्रमले कृषि, स्वच्छता र स्वास्थ्य सेवाका क्षेत्रमा पनि काम गर्छ । सुआहारा सामाजिक व्यवहार परिवर्तनका क्षेत्रहरूमा पनि कार्य गर्दछ र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दछ, जसले व्यक्तिहरूको व्यवहार, परिवार तथा समाजलाई समग्र रूपमा परिवर्तन गर्ने उद्देश्य लिएको छ ।