२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

गाईभैंसीलाई सुत्केरी भत्ता दिदैं सन्धिखर्क नगरपालिका

मंगलवार , भाद्र २३, २०७७

  • 7.2K
    Shares
  • 7.2K
    Shares
  • अर्घाखाँची, २३ भदौ ।
    अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । जसअन्तर्गत प्रोत्साहनको लागि जिल्लामा पहिलो पटक सुरु गरिएको गाई–भैंसी, सुत्केरी भत्तास्वरुप २ हजार प्रदान गरिने सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिए । भत्ता पाउन गाई–भैंसी सुत्केरी भएको २ महिना अवधिभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा ल्याउनु पर्नेछ ।

    दुधालु भैसी र भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुने थालेपछि त्यसको संरक्षणसंगै गाई–भैँसी, सुत्केरी भएको समयमा किसानलाई आवश्यक पर्ने सामाग्री खरीद गर्न सहज होस भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै नगरपालिकाले पशु बीमा गर्ने किसानलाई ५० प्रतिशत लगानी गरिदिने भएको छ भने बाझो जमिन सदुपयोग गर्ने लाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार दिने भएको छ ।