बिहिवार , श्रावण २८, २०७८
अर्घाखाँची, साउन २८ ।
अर्घाखाँचीको कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
योसँगैै जिल्लामा आज १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय १ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ८८ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij