२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

जवरजस्ती करणी उद्योग आरोपमा सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ल प्रहरी नियन्त्रणमा

बिहिवार , श्रावण २८, २०७८

  • 21.0K
    Shares
  • 21.0K
    Shares
  • भैरहवा, २८ साउन । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। सम्मरीमाई गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जवरजस्ती करणी उद्योगमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    वडा नम्बर ६ असुरैनामा रहेको गाउँपालिका अध्यक्षको घरमा बोलाएर महिलालाई जवर जस्ती करणी गरेको भन्दै पीडित पक्षले बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दर्ता गरेका थिए।

    जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उजुरीको आधारमा गाउँपालिका अध्यक्ष शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले शुक्ललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएकोे उजुरीमा साउन २४ गते बिहान ११ बजे अध्यक्ष शुक्लले आफ्नै घरमा बोलाएर चोरी सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमान्लाई छुटाईदिन्छु भनेर ललाईफकाई गरी जवरजस्ती करणी गरेको आरोप छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गाउँपालिका अध्यक्ष शुक्लविरुद्ध जवरजस्ती करणी उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भइ प्रहरीले आरोपितलाइ पक्राउ गरी उनीमाथि अनुसन्धान सुरु गरिएको पुष्टि गरे।