२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

पाल्पा दोभान स्थित हेडबक्सबाट स्कार्पियो तिनाउमा खस्यो, चार जना घाईते

मंगलवार , श्रावण २६, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, २६ साउन। बुटवल–पाल्पा सडक खण्डको दोभान स्थित हेडबक्स नजिकबाट स्कार्पियो तिनाउ नदीमा खसेको छ। सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका ३ दोभान हेडबक्सनजिकबाट स्कार्पियो तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन्। 

    पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको दोभान प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको बोलेरोलाई माथिबाट खसेको पहिरो सहितको ढुंगाले लाग्दा खोलामा खसेको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परि तिनाउ ३ झुम्साका ५४ बर्षिय बाबुराम पाण्डेय, २२ बर्षिय बिनोद पाण्डेय, १८ बर्षिय अमित बस्याल र ४२ बर्षिय गंगा दराइ घाइते छन्। उनीहरु मध्ये बाबुराम पाण्डेयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    accident.jpg