
बिहिवार , श्रावण २१, २०७८
अर्घाखाँची ।
अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा लगाएको आज पाँचौ दिन पुगि सक्दा पनि कोरोना संक्रमण घट्नुको साटो बढ्दै गएको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा ३५ जनामा कोारेना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सँगै जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको शितगंगा नगरपालिकामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भए संगै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
यता निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोलिएको छ भने अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहेका छन् । यस्तै बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द रहेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij