२०८३, कार्तिक २२ गते

Nov 08 2026 | २०८३, कार्तिक २२ गते

जेसिआई सिद्धार्थ नेपालले २ सय बिरुवा रोप्यो

मंगलवार , श्रावण ६, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा २२ असार ।
    जेसिआई सिद्धार्थ नेपाल भैरहवाले रुपन्देहीको ओमसतियामा बृक्षारोपण गरेको छ। जेसिजले बार्षिक कार्यक्रम अन्तरगत भैरहवा बुटवल सडकखण्ण्डको सिद्धार्थ ट्राफिक चोकदेखि पड्सरी दुर्गा मन्दिर सम्म बृक्षा रोपण गरिएको हो ।

    उक्त स्थानमा बिभिन्न प्रजातीका २ सय बिरुवा रोपिएको अध्यक्ष मंगल भण्डारीले जानकारी दिए । उनले गाँउपालिकामा पर्ने सडकलाई हरियाली बनाउने उद्धेश्यका साथ बृक्षा रोपण गरिएको बताए । सो अबसरमा क्याकटच, अमला, जामुन, नीम, बकानो लगाएतका बिरुवा रोपिएको थियो ।

    ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट (राहुल) ले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सडकमा लगाईएका बिरुवाले बातावरण संम्बद्धनमा महत्वपुर्ण टेवा पु¥याउने उल्लेख गरे । उनले सडकमा हरियाली प्रबद्धनमा समेत महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै बिरुवाको संरक्षणमा लाग्न स्थानियलाई आग्रह समेत गरे ।

    अर्जुन कुवरको संयोजन, ऋषिराम पाण्डेको सञ्चालन भएको कार्यक्रममा आस्था पाठ गोपाल ज्ञवालीले गरेको महासचिव दिपक काफ्लेले जानकारी दिए।

    कार्यक्रममा ओमसतिया गाँउपालिका वडा न. २ का अध्यक्ष ज्ञानेश श्रेष्ठ, नेपाल जेसिजका राष्टिय उपाध्यक्ष राकेश गुरुङ लगाएतले बोल्दै गाँउपालिकालाई हरियाली बनाउनु पर्नेमा जोड दिए ।