२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

लुडविग काफरको पहिलो वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम

बिहिवार , श्रावण २१, २०७८

भैरहवा, २१ साउन । 
लुडविग काफरको पहिलो वार्षिक पुण्यतिथिमा विभिन्न कार्यक्रम गरिएको छ । गामा लुम्बिनी नेपालको आयोजना तथा लुडविग काफर फाउण्डेशन नेपालको सहयोगमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा आयोजित कार्यक्रममा स्व. काफरको योगदानको चर्चा गरिएको हो । कार्यक्रमको वृद्धाआश्रममा रहेकी ८४ वर्षिय वृद्धा गंगामाया पुनले उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै लुडविग काफर फाउण्डेशन नेपालका अध्यक्ष महेश भुर्तेलले लुडविग काफरले दक्षिण कोरियाको एउटा समूहलाई अष्ट्रियामै बोलाएर गामा व्यवस्थापन तालिम दिनुभएको बताए । उनले सोही तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्न उक्त समूहले दक्षिण कोरियालाई गामा व्यवस्थापन तालिमलाई विस्तार गरेको बताए । तालिमले दक्षिण कोरियामा एउटा उचाई प्राप्त गरेको छ, उनले भने ।

गामा लुम्बिनी नेपालका संस्थापक अध्यक्ष गम्भिर गुरुङले जीवनको उतरार्धमा समेत सक्रिय जीवन बिताउनुभएका लुडविग काफरले आफ्नो देशमा मात्र नभई विभिन्न देशका संघ–संस्था, राजनैतिक, व्यापारिक, औद्योगिक एवं शैक्षिक संस्थाका नेतृत्व वर्गलाई तालिम दिनुभएको इतिहासले देखाएको बताए । सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवले तथा लुडविग काफर फाउण्डेशन नेपालले लिएको लक्ष्य पुरा हुने विश्वास व्यक्त गरे । श्री सत्य साई वृद्ध सेवा आश्रमका अध्यक्ष माया खरेलले आगामी दिनमा पनि संस्थाले वृद्धाआश्रममा सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।

यसैबीच लुडविग काफर फाउण्डेशन नेपालको अध्यक्षमा महेश भुर्तेल चयन भएका छन् । फाउण्डेशनको सचिवमा उदय कुमार मल्लिक, कोषाध्यक्षमा भरत गिरी, सदस्यमा गम्भिर गुरुङ र राजकुमार गुरुङ रहेका छन् ।IMG_1472.JPG

सोही कार्यक्रममा वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई हर्लिक्स र कप प्रदान गरिएको लुडविग काफर फाउण्डेशन नेपालका सचिव उदय कुमार मल्लिकले जानकारी दिए ।

IMG_1490.JPG

लुडविग काफरको जन्म सन् १९४८ मा अष्ट्रियामा भएको थियो । उनको लालपालन स्टाइरिया प्रान्तको एउटा सानो गाउँमा संयुक्त परिवारमा भएको थियो । उनले अभिभावकसंगसंगै विभिन्न खेलकुद र तास खेलप्रतिको रुचिबाट धेरै ज्ञान प्राप्त गरेको देखिन्छ । उनी शिक्षण पेशामा आबद्ध थिए । त्यसका लागि अतिरिक्त उनले ग्राजमा एउटा शैक्षिक केन्द्र स्थापना गरी विभिन्न सामाजिक संघ–संस्थाहरुसंग समन्वय गरी विभिन्न किसिमका तालिम तथा कक्षाहरु सञ्चालन गरेका थिए । नेपालमा पनि सन् २००३ मा पहिलो पटक कोरियन प्रशिक्षक लि सिसिलियाको नेतृत्वमा आएको समूहले गामा व्यवस्थापकीय तालिम भैरहवामा आइ सामूहिक विद्यालय परिवार, रुपन्देहीलाई दिइएकोे थियो ।  सन् २००३ देखि सन् २०१७ सम्म नेपालमा विभिन्न गामा व्यवस्थापकीय तालिमहरु सञ्चालन भइरहेका थिए । नेपालमा मात्र नभई सो तालिमको अर्को चरण सन् २००७ र २०१७ मा दक्षिण कोरिया र सन् २०१८ मा अष्ट्रियाको ग्राजमा लि सिसिलिया, वेर्नहर्ड पोसेर्हट, सुसाना चो, मारगोटसहितको टिमका साथमा १० दिने तालिम उपलब्ध गराएका थिए । लुडविग काफरको सन् २०२०, अगस्त ४ तारिखमा हृदयघातका कारण निधन भएको थियो ।