२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

नेता खनालको सफल मिर्गौला प्रत्यारोपण

बुधवार , श्रावण २०, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौँ, २० साउन । 

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन् ।  अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो । रासस