
मंगलवार , श्रावण १९, २०७८
भैरहवा, १९ साउन ।
रुपन्देहमिा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ९३ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म रुपन्देहीमा २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार चार सय २७ जना संक्रमण मुक्त भएका छन् ।हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १६ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय २९ जना सक्रिय संक्रमीत रहेका छन् ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा १७, बुटवल उपमहानगरपालिकामा १२ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवदह नगरपालिकामा र सैनामैना नगरपालिका ६/६ , कञ्चन गाउँपालिकामा ५, ओमसतिया गाउँपालिकामा २ र सियारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij