२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

मंगलवार , श्रावण १९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ, १९ साउन । 

    नेपाल कम्युनिष्ट पार्टी एमालेले  दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ ।

     यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ । 
       
     सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै ९एमाले० सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । 

    एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।  
     
     सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागाए । 

    उनले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारवाही हुनुपर्ने माग गरे । रासस