२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

सोमवार , श्रावण १८, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौँ, १८ साउन ।
    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन् । 

    “सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” उनले भने । उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गरेका जनाएका छन् । “पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” उनले भने । 

    श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए। रासस