images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनी प्रदेशमा चलिरहेछ : सांसद हराउने र भेट्टिने खेल 

लुम्बिनी प्रदेशमा चलिरहेछ : सांसद हराउने र भेट्टिने खेल 

images
images
images
आइतवार, श्रावण १७ २०७८
आइतवार, श्रावण १७ २०७८
  • लुम्बिनी प्रदेशमा चलिरहेछ : सांसद हराउने र भेट्टिने खेल 

    बुटवल, १७ साउन। 

    images
    images
    images

    केहीदिन अघिबाट पार्टीको सम्पर्क बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) नेपालगन्जमा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रदेश सासंद विमला वली पछिल्लो समय प्रहरीको सम्पर्कमै रहेको बताएका छन। प्राप्त जानकारी अनुसार उनको अवस्था सामान्य रहेको छ। 

    सांसद बिमला वलीको घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचार गराईरहेको भन्ने सुचना पाएको र प्रहरीको सम्पर्कमा आएको उपरिक्षक काफ्लेले बताए। सांसद वली सम्पर्कमा नरहेको भन्ने चर्चापरिचर्चा बाहिर आएपछि उपरिक्षक काफ्लेले खत्रीलाई फोन सम्पर्क गरेको र फोनमा उनले घाँटीमा समस्या भएकाले उपचार गराईरहेको जानकारी प्राप्त भएको छ। 
    नेकपाबाट दाङ क्षेत्र नंं ३को प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद वली गत चैत्र महिनामा आफुले पार्टी एकताको अवस्थामा चुनाव लडेको र पछि बिभाजन हुँदा माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरेर आफ्नै चाहाना अनुसार माओवादी केन्द्रमा रहेको घोषणा गरेकी थिइन्। 

    यता लुम्बिनी प्रदेशकै जसपाबाट समानुपातीक कोटामा निर्वाचित प्रदेश सांसद पुर्मती ढेंगामगर पनि केही दिनअघि सम्पर्क बिहिन भएको  खबर सार्वजानिक भएको थियो। झण्डै एक हप्तादेखि पार्टीको सम्पर्क बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन्। 

    गत आईतबारदेखि सम्पर्क बिहिन भएकि प्रदेश सांसद ढेंगामगर शुक्रबार मात्र पार्टीको सम्पर्कमा आएकि हुन्। प्रदेशसभा सदस्य ढेंगामगर बुटवलस्थित जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीका लुम्बिनी प्रदेश समितिका मुख्यसचिव यज्ञ पोखरेलले जानकारी दिएका छन्। 

    परिवारका सदस्य बिरामी परेको तनावका कारण आफू कसैको सम्पर्कमा नआएको प्रदेशसभा सदस्य ढेंगामगरले पार्टीलाई जानकारी गराएको सचिव पोखरेलले बताएका छन्। सचिव पोखरेलका अनुसार गत शनिबारसम्म सम्पर्कमा रहेकी उनि अचानक सम्पर्कविहीन भएर सोमबार बिहान ५ मिनेट मात्रै सम्पर्कमा आएकी ढेंगा मगर पुनः सम्पर्कबिहिन भएकी थिइन्।

    जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले पनि पार्टीको संसदीय दलको प्रमुख सचेतक समेत रहेकी प्रदेशसभा सदस्य ढेंगा मगर पार्टीको सम्पर्कमा आएको पुष्टि गरेका छन्। उनले भने –उहाँ पार्टीको सम्पर्कमा आईसक्नु भएको छ। बिभिन्न आशंका र अडकलबाजीको अन्त्य भएको छ। 

    लुम्बिनी प्रदेश सभामा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत कि बहुमत भन्ने अंकगणितको चर्चा सुरु भएका बेला प्रदेशसभा सदस्यहरु एकाएक सम्पर्कबिहिन हुँदा विभिन्न अडकलबाजी गरिएको छ। संसदिय अंकगणित अनुसार लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा रहेको र बिपक्षी गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई निकै चासोका साथ हेरिएको छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij