images

शुक्रवार, बैशाख २१ गते २०८१

सिद्धार्थनगरका किशोरीलाई माइती नेपालको अभिमुखीकरण 

सिद्धार्थनगरका किशोरीलाई माइती नेपालको अभिमुखीकरण 

images
images
images
शनिवार, श्रावण १६ २०७८
शनिवार, श्रावण १६ २०७८
  • सिद्धार्थनगरका किशोरीलाई माइती नेपालको अभिमुखीकरण 

    भैरहवा, १६ साउन ।
    माइती नेपाल भैरहवा आवधिक गृहले आज सिद्धार्थनगरका किशोरीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध कानूनी विषयक अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको हो । नगरका विभिन्न वडाका गरी २२ जना किशोरीलाई माइती नेपाल भैरहवाले चेतनामूलक कार्यक्रम गरेको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले बताइन् ।

    images
    images
    images

    कार्यक्रममा मानव बेचविखन भनेको के हो, कसरी बेचिन्छ, कस्ता मान्छेसंग जोगिनु पर्छ, कानूनी व्यवस्था के छ जस्ता विभिन्न कुरामा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तीन तहका सरकार मध्ये स्थानीय सरकारले गर्ने काम र मानव बेचविखन तथा ओसारपसारविरुद्ध भएकार गर्न सक्ने प्रयासका बारेमा प्रष्ट पारेकी थिइन् । माइती नेपालका फिल्ड संयोजक सनोज चौधरीको सञ्चालनमा भएको कार्यक्रममा सहभागिको तर्फबाट नेन्सी मल्लिक, सृष्टी थापा लगायतले बोलेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij