
शुक्रवार , श्रावण १५, २०७८
बुटवल, १५ साउन ।
रुपन्देहीका क्रिश्चियन समुदायमा एन्टिजेन परीक्षण गरिएको छ । समुदायमा कोभिड संक्रमणको अवस्था बुझन कार्यक्रम गरिएको हो । जिल्ला क्रिश्चियन राजनीतिक विभाग र जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीको संयुक्त आयोजना तथा द ल्याप्रोसी मिशन नेपाल, ईम्प्याक्ट परियोजनाको प्राविधिक सहयोगमा बुटवल अनन्त जीवन चर्चको परिसरमा गरिएको निःशुल्क एन्टिजेन परीक्षण गरिएको हो ।
जिल्ला क्रिश्चियन राजनितिक विभागका अध्यक्ष मेघराज घिमिरेले ५१ जना परीक्षण गरिएकोमा एक जनाको मात्र पोजिटिभ रिर्पोट आएको बताए । जिल्ला क्रिश्चियन समुदाय रुपन्देहीका अध्यक्ष सुरज कुमार थापाले नागरिकमा सचेतना कार्यक्रमहरु गर्दै आएको बताए । विहिबार बुटवलमा कुष्ठरोग र हात्तीपाईला सम्बन्धि कार्यशाला गरिएको उनले बताए । कार्यक्रममा सन्तोष सुनुवार, नाति बेसार, विष्णु ढुंगाना, सुदिप नेपालले रोगका बारेमा सहजीकरण गरेका थिए । सोही कार्यक्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij