२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

रुपन्देहीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , श्रावण १४, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • १४ साउन, भैरहवा । 

    रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २ सय ५१ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३५  जनामा संक्रमण पुष्टि भएको हो ।

    हालसम्म रुपन्देहीमा २९ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार २  सय ६२ जना  संक्रमण मुक्त भएका छन  ।हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय १४ जनाको मृत्यु भएको छ  ।

    कुन पालिकामा कति संक्रमित  थपिए ?

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १४ , देवदह नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गनउँपालिकामा ४/४, सिद्धार्थनगर नगरपालिकामा २, कञ्चन र रोहीणी गाउँपालिकामा १ / १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
    223650952_341829800825118_8475793073483210610_n.jpg