२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग

बुधवार , श्रावण १३, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ, १३ साउन । 

    राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् ।

     राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भने, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु हो, त्यसैले जतिसक्दो चाँडो राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गर्दछु ।”

    सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे । 

    वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको उहाँको भनाइ छ । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए ।

      सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे । 

    सांसद दिलकुमारी रावलले नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् । उनले निर्वाचन कानूनलाई समयअनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरीन् । 

    सांसद गङ्गाकुमारी बेल्वासेले निजामति कर्मचारी सेवा विधेयकलाई छिटो ल्याउनुपर्ने र आयोगमार्फत सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताइन् ।

    उनले विगतका सरकारले गरेका राम्रा कामलाई अगाडि बढाउन सरकारसँग आग्रह गरीन् । सांसद इन्द्रिरादेवी गौतमले राजनीतिक स्वार्थका लागि सुकुम्बासी आयोग खारेज गर्न नहुने बताइन् ।

    सांसद जीतेन्द्रनारायण देव, शान्तिकुमारी अधिकारी, चक्रप्रसाद स्नेही, खिमलाल देवकोटाले मुलुकको समसामयिक विषयलाई उठाएका थिए । रासस