२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

बुधवार , श्रावण १३, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौ, १३ साउन । 

    सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

    बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उनले बताए । बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिएका थिए ।  साथै सरकारका कामको समीक्षासमेत गरिएको थियो ।

    बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको सहभागिता थियो ।रासस