
मंगलवार , श्रावण १२, २०७८
भैरहवा, १२ साउन ।
रुपन्देहमिा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिन सय ३४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म रुपन्देहीमा २९ हजार ८१ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार दुई सय ५ जना संक्रमण मुक्त भएका छन् ।
हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १३ जनाको मृत्यु भएको छ ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १५ जना, तिलोत्तमा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवदह नगरपालिकामा ३, सैनामैना नगरपालिका,ओमसतिया गाउँपालिकामा र कञ्चन गाउँपालिकामा २/२ र शुद्धोधन गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij