
सोमवार , श्रावण ११, २०७८
भैरहवा, ११ साउन ।
रुपन्देहमिा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार चार सय ५६ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म रुपन्देहीमा २९ हजार ४५ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार एक सय ६९ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १३ जनाको मृत्यु भएको छ ।
कुन पालिकामा कति संक्रमित थपिए ?
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २४ जना, तिलोत्तमा नगरपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवदह नगरपालिकामा ४ ,सिद्धार्थनगर नगरपालिकामा २, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij