२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

लायन्स सिद्धार्थनगर प्रोफेसनलले रोहिणी नदीमा छाड्यो चारहजार माछाका भुरा 

सोमवार , श्रावण ११, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ११ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले रोहिणीमा नदीमा चार हजार माछाका भुरा छोडेको छ । पर्यावरण बचाउने उद्देश्यले क्लबले माछाका भुरा छोडेको क्लबका अध्यक्ष ऋृचा केसीले बताइन् । ‘क्लबले विगत ५ वर्षदेखि नियमित वृक्षारोपण र माछाका भुरा छोडी पर्यावरण बचाउने कार्य गरेको छ, ’केसीले भनिन् । नदीका माछा खानयोग्य हुँदा खरिद गर्न नसक्नेले नदीबाट लिन सक्ने कृषि उद्यमी तथा क्लबका प्रथम उपाध्यक्ष अजय कुमार चौधरीले जानकारी दिए । क्लबका अर्का उपाध्यक्ष तथा सूचना प्रविधि विज्ञ विपिनराज रेग्मीले मानिस प्रकृतिसंग जोडिनु अत्यावश्यक भएकोले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलले विगतदेखि नै एकै स्थानमा वृक्षारोपण गर्दै आएको बताए ।

    त्यस अघि क्लबले एक समारोहको आयोजना गरी पर्यावरणमा जलचर प्राणी र वृक्षरोपणको महत्वबारे चर्चा गरेको थियो । उक्त समारोहमा प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव तथा लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी सेक्रेटरी विजय पाण्डेले लायन्स सिद्धार्थनगर प्रोफेसनलको कार्यहरु देखाउनका लागि मात्र नहुने भएर व्यवहारमा लाभ लिन सकिने भएको बताए । समारोहमा तिलोत्तमा–१७ का वडाअध्यक्ष दान बहादुर चौधरीले स्थानीय तहको विकासमा संघ–संस्थाहरुको महत्वको बारेमा चर्चा गरेका थिए ।

    कार्यक्रम संयोजक महेश अर्यालको स्वागत तथा सचिव मोहन खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनउत्थान माइक्रोफाइनान्स तथा क्लबकी सल्लाहकार तिल कुमारी गुरुङ र मेघा बैंक नेपालका शाखा प्रबन्धक क्लबका संस्थापक अध्यक्ष अमृत कुमार थापाले बोलेका थिए । कार्यक्रममा उपस्थित स्थानीय महिलालाई मेहन्दी, चुरा, श्रृंगार सामग्री पनि उपहारस्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा २५ वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको क्लबले जनाएको छ । 
    IMG-20210725-WA0000.jpg