२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

रुपन्देहीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , श्रावण १०, २०७८

१० साउन, भैरहवा । 

रुपन्देहमिा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ८७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २८  हजार ९ सय ९९  जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने  २८  हजार एक सय ४१  जना  संक्रमण मुक्त भएका छन्  ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण  जिल्लामा ५ सय ११ जनाको मृत्यु भएको छ  ।

कुन पालिकामा कति संक्रमित  थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी सैनमैना नगरपालिकामा ९, बुटवल उपमहानगरपालिकामा ६,  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तिलोत्तमा नगरपालिका र कञ्चन गाएँपालिकामा ३/३,  सिद्धार्थनगर नगरपालिकामा २,  देवदह नगरपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।