images
images

बिहिवार, जेठ ३ गते २०८१

रोल्पामा टोल शिक्षामार्फत पठनपाठन शुरु

रोल्पामा टोल शिक्षामार्फत पठनपाठन शुरु

images
images
images
शुक्रवार, श्रावण ८ २०७८
शुक्रवार, श्रावण ८ २०७८
  • रोल्पामा टोल शिक्षामार्फत पठनपाठन शुरु

    उमा केसी
    साउन, ८ रोल्पा ।
    रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो । विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए । टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा  राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल शिक्षा शुरु गरिएको न्यौपानेको भनाइ छ । 

    images
    images
    images

    कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग बमोजिम टोलटोलमा पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए । विद्यालय बन्द रहेपनि पढाइ बन्द नहोस् भनेर यो विधिबाट पठनपाठनलाई निरन्तरता दिएको प्रधानाध्यापक पोख्रेलले बताए । कक्षा नर्सरीदेखि तीनसम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

    चालु शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा तीनसम्म भर्ना भएका ४२३ मध्ये ३५८ विद्यार्थी टोल शिक्षामा समावेश भएको विद्यालयका  शिक्षक  मुकेश हमालले बताए । टोल शिक्षामा सहभागि हुनेको संख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएको तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि सहभागी गराउने पहल भइरहेको शिक्षक हमालको भनाइ छ । लामो समय विद्यालय बन्द भएका कारण उनीहरु सदरमुकाम छोडेर घर गएका हुन सक्ने उनको भनाइ थियो । 

    विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थी पढाइप्रति आशावादी देखिएको अभिभावकको भनाइ छ । लामो समय विद्यालय बन्द रहँदा मोवाइल र टिभी बढी हेर्ने बालबालिका टोलमै गएर पढ्न पाउँदा सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने अभिभावक मनवहादुर खत्रीले बताए । “विद्यार्थीमा पढ्ने लेख्ने वानी विर्सदै गएको देख्दा दुःख लागेको थियो, टोल शिक्षाले उनीहरुलाई व्यस्त बनाएको छ”, खत्रीले भने ।
    सो विद्यालयले गरेको राम्रो अभ्यास जिल्लाका अन्य विद्यालयले पनि अनुसरण गर्न थालेका छन् । बालकल्याण माविले शुरु गरेको टोल शिक्षालाई आफूहरुले पनि अनुशरण गरेको सरस्वती आधारभूत  विद्यालय रोल्पा नगरपालिका–२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिए । 

    जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयले  पनि  टोल  शिक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको पहिलो नमूना माविको रुपमा रहेको सो विद्यालयमा करीब दुई हजार ६०० भन्दा बढी विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयमा कक्षा  ११ र १२ मा विज्ञान, वाणिज्य, मानविकी र शिक्षाशास्त्रमा अध्यापन हुँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत सिभिल इञ्जिनियरिङ विषयमा प्री डिप्लोमा र डिप्लोमा तहका कक्षासमेत  सञ्चालन हँुदै आएका छन् । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij